Nepal Earthquake Update

 

 Earthquake in Nepal- Pictures

 Earthquake in Nepal

अप्डेट  अप्डेट अप्डेट

नवनियुक्त राजदुत डा. कार्कीसँग  भेट्घट कार्यक्रम सम्पन्न !

न्युयोर्क । मे १४, २०१५
एनआरएन अमेरिकाले यही मे १४ का दिन न्युयोर्कमा अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा. अर्जुन कार्कीको स्वागत तथा संस्थागत भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नव-नियुक्त राजदूत डा. कार्कीले हालैको महा-भूकम्प पछि नेपाल सरकारले गरिरहेको उद्धार एवं राहत वितरणका कार्यकम, अन्तरास्ट्रिय समुदायबाट प्राप्त सहयोग, नेपाली अमेरिकन समुदायको सहयोगको बारेमा बताउनुभयो । सोही क्रममा एमआरपी पास्पोर्ट र नेपाल तत्काल फर्कन कनुनी अड्चन भएका नेपालीहरुका लागि नेपाल फर्कन अमेरिकी सरकारले उपलब्ध गराउन सक्ने टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(TPS)को बारेमा सेक्रेटरी अफ स्टेट्स जोन केरी सँग कुरा गरेको र आउने सोमबार आफ्नो ओहदाको प्रमाण पत्र बुझाउने दिन राष्ट्रपति ओबामासँग पनि कुरा राख्ने जानकारी दिनु भयो । डा कार्कीले यो अवस्थामा सबैले मिलेर सहयोग गर्न अनुरोध समेत गर्नुभयो।

एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले अध्यक्षको हैसियतले हाल नेपालमा बितरण गरिएको राहतको बिषयमा जानकारी गराउदै सबैलाई यो बिपत्तिमा एनारएन सँग मिलेर जान अनुरोध गर्नुभयो।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा प्र. भट्टराई, सहायक प्रतिनिधि सेवा लम्साल, उप बाणिज्यदुत प्रविन भट्टराई लगायत नेपाली समुदायका विविध व्यक्तित्वहरुको उपस्थिति थियो। कार्यक्रममा एनआरएनका पदाधाकारीहरु, प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापा, जन सम्पर्क समिति न्युयोर्कका अध्यक्ष रोशन ढुंगाना, अधिकारका कार्यकारी लुना रंजित लगायतको उपस्थित थियो।
सोही कार्यक्रममा रिजवुड नेपाली समाजले प्रधानमन्त्री राहतकोषमा $२७,५०१ एनआरएनको रोहबरमा डा अर्जुन कार्कीलाई हस्तान्तरण गर्‍यो।
 
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

USA dr karki Dr Karki NRN DR Karki

May 8, 2015

Report from NRN US President Khagendra Chhetry

We just got back last night from Rasuwa’s Samarthsli Village Development Committee. The entire area is affected and met with locals. We (NRN) distributed 690 tents, 200 bags rice, 1000 cartoons noodles and 2000 blankets. There were over 1000 people and medical help given to more than 600 people in some distance from there no one has reached the entire village is destroyed.

It took us two days to deliver the relief we had to sleep on the road very difficult terrain we had requested the government to give Helicopter to Airlift Medical Team that promise was never kept but our team did remarkable work. We ran out of supply and medical stuff as well. NRN has agreed to pay one child entire education for class 1 to 12 in Kathmandu for each victim family from there . NRN USA has agreed to build the demolished high school. We need to plan.

Today there is good distribution program medical program and tomorrow also we will distribute food in Kathmandu area.

Thank you for your support .

Khagendra Chhetry
NRN US President

 

NRN 999 nrn11 nrn22 NRN444 NRN555 NRN777 NRN787

 

May 6, 2015

Nepal needs Real PROFESSIONAL medical teams who want to go to remote areas . Not learner , trainee or sophisticated people who want to come here to gain experience and easy excess .

I am on the way to Rasuwa with NRN USA medical team and supply, it is now 10:12pm we are being escorted by security. We have 24 NRN team with 4 trucks of supplies such as 690 tents, 200 bags rice, 1000 cartoons noodles and 2000 blankets and medicines. I will report u all again.
Khagendra GC

Dr. Rekha Hamal with NRN Earthquake Relief Team in Nepal.

nen2 nrn1

५ मे २०१५

धादिङ र नुवाकोटमा एनआरएनएको राहत–राजधानी राष्ट्रिय दैनिक

गोर्खाको लाप्राकः अस्तित्व मेटिने खतरा (फोटो कथा) Onlinekhabar.com

अनुरोध

आदरनीय गैहृ आवासिय नेपाली दाजुभाई तथा दिदी बहिनी हरु

अप्रिल २५ शनिबार २०१५ का दिन गएको महाभुकम्पले नेपालमा अपुरणिय क्षति ब्यहोर्नुपरेको कुरा त यहाँहरुलाई विदितै छ । सो प्राकृतिक प्रकोप बाट नेपाल आमाले हजारौं सन्तती गुमाएकी छिन् भने हजारौ को संख्यामा घाईते अवस्थामा फेला परेका छन् । कैयौं घाईते हरुले उपचारकै क्रममा जीवन गुमाएका छन् भने कैयौं सवालाङ्ग हरु अपाङ्ग भएर बाँच्नु पर्ने अवस्था छ । हजारौ नेपाली हरु नेपाल आमाकै गर्भमा गुमराह छन् भने लाखौंका संख्यामा नेपालीहरु आकाशको छत मुनि रहनु परेको छ । समयको यस्तोे विषम परिस्थितिमा नेपाल भित्र र बाहिर रहेका सम्पुर्ण मर्माहत मुटुहरु एक हुनु जरुरि छ । हामि मा जहाँ रहेपनि जसो गरेपनि एकताको भावना आउनु अपरिहार्य रहेको छ । यो विपत को समयमा हामी सम्पुर्ण नेपाली हरु एक भई साहसी, संयमित, र सवेदनशील एवं सहयोगी हुनु परेको छ । यसै परिस्थिीती लाई हृदयगंम गरि गैहृ आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिका को वर्तमान कार्यसमिती ले दिवंगत आत्माको चीर शान्ति को कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थयलाभको लागि प्राथना गर्ने, हवन, रुद्रि, गीता, पाठ तथा भजन र्कितन को कार्यक्रम को आयोजना गर्ने भएको छ । 

यो कार्यक्रमको संयोजन गैहृ आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिका को सकृय सदस्य बन्दना कोइराला को संयोजकत्वमा निम्न बमोजिमको स्थान, समय र मिति मा हुन गईरहेको हुदाँ यहाँ हरुको सकृय सहयोग एवं सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं । 

स्थानः सत्य नारायण मन्दिर को दोश्रो तल्ला

ठेगानाः ७५—१५, उडसाईड एभेन्यु, ज्याक्सन हाईट्स, ११३७३, न्युर्याेक, अमेरिका

समयः बिहान को दश बजे

मितीः अप्रिल ०९, २०१५

संयोजकः बन्दना कोइराला

सदस्य- बनिता कतिला

   “    तिलक श्रेष्ठ

   “    राम खरेल

   “    गोमा सेन

   “    हरिश चन्द्र हमाल

   “    सुर्य साल लम्साल

   “    सत्तेन्द्र शाह

   “    गुरु उद्धव शास्त्रि

    “  नबराज खड्का

 

३ मे २०१५

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित टिमको तर्फबाट

पत्रकार मित्रहरु,
वास्तवमै भन्नुपर्दा मातृभूमिको विषम परिस्थितिका कारण गला अवरुद्ध भएको अवस्था छ । बोल्ने शब्द नै नभएको अवस्थामा कताबाट के शुरु गरौं, अप्ठेरो परेको छ । यस्तो भयावह अवस्था छ । एउटा जिम्मेवार व्यक्तिलाई दुई शब्द राख्न पनि हिम्मत नै बटुल्नुपर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाको नयाँ बोर्ड र च्याप्टरहरु विधिसम्मत निर्वाचित हुनुभन्दा झण्डै १ दिन अगाडि नै मातृभूमिमाथि परेको चोटले गहन जिम्मेवारीको महसुस भयो । अझै भनौं, वैधानिकता लिनसमेत नपाउँदै व्यापक जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भयो । आफू स्वयम् चिकित्सा क्षेत्रको भएकाले पनि वैधानिकता र औपचारिकता भन्दा विपत्तमा परेकालाई मद्दत गर्नु, जोखिममा परेकाहरुको ज्यान बचाउनु नै मेरो पहिलो कर्तव्य हुन्छ । त्यसैले नवनिर्वाचित साथीहरुबीचको अनौचापरिक बैठक गरेर यो महाप्रलयमा ‘पहिला मातृभूमिको सेवा गरौं त्यसपछि मात्र वैधानिकता’ भन्ने सबैको आवाज एक सूर देखिएकाले कहींकतै नअलमलिइकन हामीले काम शुरु गरिसकेको कुरा अवगत गराउन चाहन्छु ।

नवनिर्वाचित कार्यसमितिमा निर्वाचित हुनु भएका पदाधिकारीहरु को–को छन्, कति वटा च्याप्टर गठन भएका छन्, कति वटा पदहरु पूरा भएका छन् र कति पद पूर्ति हुन बाँकी छन् भन्ने आँकडासमेत पूर्णरुपमा नपाएको अवस्थामा म एनआरएन अमेरिकाको नवनिर्वाचित अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नुपूर्व नै मातृभूमिको सेवामा जाँदैछु ।

एउटा चिकित्सक, नेपाल आमाको छोरो तथा एउटा जिम्मेवार पदीय हैसियत प्राप्त गरिसकेको व्यक्ति देशको सेवाका लागि यो परिस्थितिमा मातृभूमि जानका लागि पदभारको मिति कुरिरहनु सान्दर्भिक लागेन । हाम्रो परिचय पछि गर्दै गरौंला तर अहिले आ–आफ्नो ठाउँबाट कसरी सक्दो सहयोग गर्न सकिन्छ भन्दै बोर्डका (वर्तमान र नवनिर्वाचित) सम्पूर्ण साथीहरुले दिनुभएको सुझावलाई मनन गर्दै अमेरिकाबाट चिकित्सक टोली तथा स्वयंसेवक लिएर मे महिनाको ३ तारिख आइतबार नेपाल प्रस्थान गर्न लागेको कुरा जानकारी गराउँछु ।

नेपाल जानु र आउनु ठूलो कुरा होइन तर, हामी विशेस जिम्मेवारीका साथ चिकित्सक टोली लिएर वर्तमान अवस्थामा नेपाल जाँदैछौं । यो हाम्रो कर्तव्य र सेवा नै सर्वोपरी हो । नेपाललाई अहिले परदेसिएका हरेक हातहरुको खाँचो छ । त्यसैले एनआरएन पदाधिकारी मात्र होइन, अमेरिकाको सम्पूर्ण समुदाय, पत्रकार, वकिल, डाक्टर, इन्जिनियर, संघसंस्था सबै काँधमा काँध मिलाएर एउटै रुपमा जान सक्नुपर्छ । हरेक व्यक्तिका प्राथमिकता फरक फरक हुन सक्छन् । तर पनि अठोट गर्छु ती सबै प्राथमिकतालाई गैरआवासीय नेपाली संघको एउटै मालामा उनेर लैजान सकिन्छ भनेर म जिम्मेवारी लिन चाहन्छु ।

आउनुहोस् हामी सबै झरीको एउटै सामूहिक खोलो बनेर मातृभूमिका लागि बगाऔं । फरक फरक हातले होइन, एउटै हात बनेर मल्हम लगाऔं । हाम्रो यस कदमले भोलिका दिनमा पनि नेपाल सरकारका तर्फबाट हामीप्रतिको सोच र हामीलाई उपलब्ध गराउनुपर्ने अत्यधिक सुविधामा पनि पक्कै हाम्रो योगदानको कदर हुनेछ । हाम्रो आवाज सुनिनेछ । नेपाल सरकारसँग हाम्रो सम्बन्ध सुदृढ हुनेछ । हाम्रो सेवाहरु प्रभावकारी बन्नेछन् । यी सबै मातृभूमिका लागि हुनेछन् ।

त्यसैले म विश्वासका साथ भन्छु– जय मातृभूमि, जय एनआरएन ।

धन्यवाद !
डा. केशव पौडेल
नवनिर्वाचित अध्यक्ष
गैरआवासीय नेपाली संघ, अमेरिका

राह्त बितरण निरन्तर

एनआरएनए अध्यक्ष शेष घलेको फेसबूकबाट जस्ताको तेस्तै

गोर्खा, लम्जुङ र काभ्रेका भूकम्प पिडीतलाई वितरण गरियो एनआरएन राहत प्याकेज
काठमाण्डौ । गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतका लागि तयार पारेको राहत प्याकेज प्रभावित गाउँहरुमा पुगेको छ ।

आइतबार गोर्खाको लाप्राक र दुम्जा गाउँ तथा लमजुङको इलाम पोखरी, दूधपोखरी र बिचौर गाउँमा राहत सामाग्री वितरण गरिएको छ । गोर्खाको लाप्राक सवैभन्दा धेरै क्षति भएको र अहिलेसम्म राहत पुग्न नसकेको ठाउँ हो जहाँ करिव १ हजार घर परिवार प्रभावित छन् ।
शनिवार काठमाण्डौबाट गोर्खा पुर्‍याइएको राहत सामाग्री आइतबार दिनभर हेलिकोप्टरमार्फत् ती गाउँहरुमा पुर्‍याइ वितरण गरिएको हो ।

संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल वितरण गरेको छ ।
यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल वितरण गरेको छ ।

राहत सामाग्री पुर्‍याउने तथा तिवरण गर्ने प्रकृयामा बिभिन्न देशबाट आउनुभएका गैरआवासीय नेपाली स्वयंसवेकहरुसँगै संघका अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्ट प्रत्यक्षरुपमा सहभागी हुनुहुन्थ्यो ।

संघले स्थानीय समाजसेवी, सुरक्षा निकाय तथा गाविस सचिवको रोहबरमा पिडीत स्थानीयवासीलाई राहत वितरण गरिएको हो । राहत वितरणमा ती गाउँमा खटिएको नेपाली सेना र नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

यसैगरी काभ्रे जिल्लाको चौबाटे चौकी, भुर्मुटारमा पनि आजै राहत सामाग्री वितरण गरिएको छ । काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल वितरण गरिएको हो ।

गैरआवासीय नेपाली संघले नुवाकोटका लागि पठाएको राहत सामाग्री आइतवार साँझ सम्बन्धित ठाउँमा पुगेको छ, जुन सोमबार वितरण हुने छ ।
‘लम्जुङ इलामपोखरीमा राहत सामाग्री बितरण गरिँदै ।’

11188311_548491728625093_3331552104122944067_n shesh Ghale

 

सरकारको निर्णयले एनआरएनको राहत बितरणमा असर नगर्ने राहत बितरण जारी

भर्खरै नेपाल सरकारले गरेको पछिल्लो निर्णयले एनआरएनको राहत बितरण्मा असर नगर्ने भएको छ । सरकारले सम्पूर्ण राहत सामग्री र रकम सरकारीकरण गर्ने निर्णय सङै हिजो अन्योलको अवस्था भएको थियो। सो अवस्थामा पनि एनआरएनए अध्यक्ष शेष घलेले राहत बितरण कुनै पनि हालतमा नरोकिने बताउनु भएको थियो भने सरकारसँग पनि कुरा गर्नुभएको थियो । अन्तत अब सो निर्णयले एनअारएनको सेवालाई अबरोध गर्ने छैन । 

भखरै मात्र एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले ईमेल मार्फत एनआरएनलाई कुनै त्यस्तो बाधा नहुने जानकारी गराउनु भएको छ । अध्यक्ष क्षेत्रीले भारतमा आँफै गएर १००० थान टेन्ट अर्डर गर्नु भएको र सो २ दिनमा नेपालमा डेलिभरी हुने जानकारी गराउनु भएको छ ।

अध्यक्ष क्षेत्रीले स्पस्ट रुपमा सम्पूर्ण अमेरिकाका नेपाली समुदायका संघ-संस्था हरुलाई नेपाल सरकारको सो निर्णयबाट बिचलित नहुन र एनआरएन सँग मिलेर राहत कार्य जारी राख्न अनुरोध गर्नु भएको मात्र छैन एनआरएन अमेरिका मार्फत नै राहत सामाग्री र रकम पठाउन सुचना गर्न भन्नु भएको छ । सो रकम या सामाग्री १०० प्रतिशत नै बितरण हुने र कुनै प्रशासनिक या अरु खर्च जोडीने छैन भन्ने कुरा स्पस्ट पार्नु भएको छ ।

यसै बिच नव निर्बाचित एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलको नेत्रित्वमा लगभग २ दर्जन जती जनाको मेडिकल र अन्य गरी टिम नेपाल प्रस्थान गर्दै छ ।हेर्दै गर्नुहोस बाँकी अप्डेटमा

https://nrnnccusa.org/

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

2, May 2015

My sincere appeal to all Nepali diaspora living in the US;

Recent earthquake disaster in Nepal has left us all heartbroken. Ones enduring this disaster are in need of help from all of us. They are struggling for a roof over the head, for food to eat and for clean water to drink. Health care supplies are short. During this period of unfathomable tragedy, all Nepali people living abroad have shown unprecedented generosity and solidarity. NRN USA’s fundraising effort was received with huge enthusiasm. NRN is already on the ground in Nepal helping with disaster relief operation with the help of its volunteers, many of whom have travelled to Nepal for this purpose. NRN has proposed and different organizations and community leaders around the country have asked NRN USA to lead a collective relief delivery operation.

At this time, a co-ordinated and concerted effort for relief delivery is necessary and I would like to assure all donor individuals and organizations that we will provide every penny of your donation directly to the needy victims of this earthquake. All of our volunteers on the ground from Nepal and those traveling to Nepal from the US are using their own personal funds for overhead and therefore our relief operations are “ZERO OVERHEAD”. We will provide receipts and details of expenses to all donor organizations.

I appeal to all individuals and organizations to join in this concerted effort to deliver relief through NRN USA. A unified action through NRN will not only help in efficient “ZERO OVERHEAD” delivery of relief, but also will exhibit solidarity of Nepali diaspora at the time of need and strengthen the voice of NRN.

Thank you

Dr Keshab Paudel
President Elect
NRN NCC USA

२ मे २०१५

थप तीन जिल्लामा एनआरएनले पठायो राहत सामाग्री

काठमाण्डौ । गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामाग्री पठाएको छ ।

संघले शनिवार गोर्खा, लमजुङ र काभ्रेका एक एक हजार परिवारलाई पुग्ने सामाग्री पठाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गर्ने गैरआवासीय नेपाली स्वयंसेवकहरुलाई काठमाण्डौबाट बिदाई गर्नुभयो ।

संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल पठाइएको छ ।

यसैगरी काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल पठाएको छ ।

यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल पठाएको छ ।

ती जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यलयको रोहबर र सिफारिसमा प्रशासनले तोकेका गाउँहरुमा गैरआवासीय नेपाली संघले प्रत्यक्ष रुपमा राहत बितरण गर्ने छ ।

nrna11 NRNA22 nrna33 nrna44

संघले शुक्रबार पहिलोपटक सिन्धुपाल्चोकमा राहत सामाग्री वितरण गरेको थियो । जहाँ एक हजार थान कम्बल, एक हजार थान पाल, एक हजार कार्टुन चाउचाउ र एक हजार किलो चामल बितरण गरिएको थियो ।

गैरआवासीय नेपाली संघले करिव १० हजार परिवारलाई तात्कालिक राहत प्रदान गर्ने र दोस्रो चरणमा क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा केन्द्रीत हुने योजना बनाएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौका अनुसार:

कृष्ण के.सी
मिडिया कोअर्दिनेटर
एनआरएन अमेरिका

मे १, २०१५

अध्यक्ष खगेन्द्र क्षेत्री नेपाल प्रस्थान

नेपालमा राहतकार्यका लागि बढी प्रभाबकारी रुपमा पुराउनको लागि थप सहयोग दिने उद्धेश्यले एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्री आज नेपाल प्रस्थान गर्नुभयो।

Khagendra Dai

अनुरोध  

हामी संगै जाऊ

म आफ़ैले अनुभव हरेको कुरा चाँहि के हो भने नेपालमा अमेरिकाको धेरै आशा र भरोसा हुदोरहेछ। तपाई अमेरिकामा हुने एनआरएन संस्थागत रुपमा सदस्य भय या नभए पनि सबैको कर्तब्य समान छ ।
हिजो NRN भवनको योगदानमा सहयोग या बिरोध गरे पनि अमेरिकाका नेपालीको यो योगदान भनेर आयो र अहिले पनि यो प्राकृतिक बिपतिमा सबैको समान कर्तब्य छ। सबै व्यक्ति संस्थाहरुले समान रुपमा NRN US संगै मिलेर आउन अनुरोध गरिन्छ ।
यदि हामीले मिलाएर यउटै धारो नेपाल माथि बगायौ भने त्यसको रुप पनि ठूलो र राहत पनि ठूलो हुन्छ । NRN बिश्वभरी मिलेर आफै प्रतक्ष्य रुपमा फिल्ड गएको छ । भोलि हुने मुल्यांकन र NRN को नागरिकताको मागसंगै अरु सुबिधामा पनि हामी सबैको समान हुने नै हो । त्यसैले आउनुहोस साथ साथमा जाउ NRN US संगै।

NRNA

 

 समाचार

एनआरएन टोली सिन्धुपाल्चोकमा राहत वितरण कार्यमा

हामी थाकेका छौ, तर हारेका छैनौ! विजयकुमार

सूचना

२९ अप्रिल २०१५

आदरणिय स्वंयसेवक साथिहरु, सहृदयी महानुभावहरु, लगायत संयुक्त राज्य अमेरिकामा कार्यरत विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधि साथि हरुः

नेपालमा आईपरेको यो महाविपत्तिको संकटपुर्ण स्थितीमा यहाँ हरुले आफ्नो आफ्नो थानबाट देखाउनुभएको चिन्ता तथा चासो लाई एनआरएन एनसिसि अफ अमेरिका ले उच्च सम्मान व्यक्त गर्दै यहाँहरुको निरन्तर साथ र सहयोग को लागि आभार प्रकट गर्न चाहान्छ ।

आदरणिय सहृदयी महानुभाव ज्यु हरु,

नेपालको यो विपत्त को घडिमा नेपालका प्रकोप प्रभावित विभिन्न स्थानमा गएर विपत्ति को अवस्थामा रहेका पिडित नेपाली जनताहरु लाई राहत वितरण गर्ने कार्य मा सहभागि हुने, घाईते हरुको उद्दार र मृतकहरुको पहिचान र सद्गत गर्ने कार्यमा प्रत्यक्ष सहभागिता जनाउने कार्य हेतू अमेरिका बाट स्यवंसेवक को रुपमा जान चाहाने ईच्छुक महानुभाव ज्यु हरुलाई एनआरएन अमेरिका का वर्तमान महासचिव तथा नव निर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल ज्यु लाई ९१७५७४०८०९ मा संपर्क गर्न हुन अनुरोध गर्दछौ ।

स्वास्थय सेवा पूर्ति को लागि स्यवंसेवकको रुपमा जान चाहाने प्राविधिक डाक्टर तथा नर्स हरुले नवनिर्बाचित अध्यक्ष डा. केशव पौडैल, डा. संजिव सापकोटा तथा डा. बिनोद शाह ज्यु सँग संपर्क राख्नुहोला ।

सामान ढुवानी, कार्गाे र विमानसेवाको टिकट रिजर्भेसन लगाएतको कार्यको लागि संयोजक डिल्ली भट्टराई ६५०८६३८२३, शकंर खड्का ६५०४६८४०४५ , मोहन ज्ञवाली ६४६२९९०४४७, सुर्य लम्साल ७१८६४४३९२७ र बिनोद तिवारी ५१०३७२५८६८ ज्यु सँग संपर्क गर्नु हुन अनुरोध छ ।

न्युर्योक क्षेत्रबाट संकलन गरिएको राहत सामग्री तथा चन्दा रकम व्यवस्थापन कार्य को लागि बन्दना कोईराला ८३२७९०८४४४२ ज्यु सँग संपर्क गरिदिनुहोला ।

बाल्टीमोर क्षेत्रबाट संकलन गरिएको राहत सामग्री तथा चन्दा रकम व्यवस्थापन कार्यको लागि  रविना थापा ४४३८३९६५५५ ज्यु सँग संपर्क गरिदिनुहोला ।

वेष्ट कोष्ट क्षेत्रबाट संकलन गरिएको राहत सामग्री व्यवस्थापन कार्य को लागि डिल्ली भट्टराई ६५०८६३८२३, शंकर खड्का ६५०४६८४०४५ तथा संगिता रिजाल शिवाकोटि ५६२२९३५७६१ ज्युसँग संपर्क गरिदिनुहोला ।

मिड वेष्ट क्षेत्रबाट संकलन गरिएको राहत सामग्री तथा चन्दा रकम व्यवस्थापन कार्य को लागि बेदराज बस्नेत ६८२४७२९१३७, राधा पौडेल ९१७३२५६३९६ र गोविन्द श्रेष्ठ ज्यु ४०४३१३०३३७ सँग संपर्क गरिदिनुहोला ।

वेष्ट कोष्ट क्षेत्रबाट फण्ड रेजिङ्ग कार्य मा आप्नो सहभागिता जनाउन को लगि दिल ब. श्रेष्ठ, उमा कार्कि थापा ५६२६५९२८५४, बलराम थापा ५६२३०४८१४६, कृष्ण के.सि ५१०२०६१९२० र बैकुण्ठ खनाल ४१५२५४४०७५ ज्यु सँग संपर्क गरिदिनुहोला ।

त्यस्तै कृष्ण के.सि ५१०२०६१९२० र सर्वज्ञ वाग्ले २५३७०९६६०० ज्यु लाई दैन दिनको कार्य प्रगति विवरण को विश्लेशण तथा मिडिया संपर्क व्यक्ति को रुपमा तोकिएको छ ।

कृपया विभिन्न संचार माध्यम र अनलाईन तथा सामाजिक सञ्जालका मिडियाकर्मि साथिहरुले माथि उल्लेखित एनआरएन सम्बद्ध व्यक्ति हरुबाट सुचना लिई प्रकाशन तथा प्रसारण गरेर सहयोग गरिदिनुहोला ।

सम्पूर्ण नवनिर्बाचित च्याप्टरका पदाधिकारीहरुले उहाहरुसँग सहकार्य गरिदिनुहुन अनुरोध छ। च्याप्टर सम्बन्धी थपकुरा अर्को सूचनामा पोस्ट गरिने छ।

माथि उल्लेखित कुनै विषयमा विस्तृत रुपमा बुझ्नु परेमा न्युयोर्क स्थित एनआरएन युएसएको कार्यलयमा कार्यालय सचिव नबराज खडका ज्यु लाई ३४७७५७८७४८ मा संपर्क राख्नसक्नुहुने छ ।

यस पूनित कार्य मा यहाँ हरुले दर्शाएको सहयोग प्रति एनआरएन अमेरिका यहाँहरु समस्तमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

खगेन्द्र क्षेत्री
अध्यक्ष
एनआरएन अमेरिका

ब्रेकिङ न्यूज

२८ अप्रिल २०१५

एनआरएन अमेरिकाले दुई करोड रुपैया नेपाललाई सहयोग गर्ने

एनआरएन अमेरिकाले दुई करोड नेपाली रुपैया रकम तुरुन्त महाभूकम्पको उद्दार कार्यमा तत्काल खर्च गर्न निकासा गर्ने निर्णय गरेको छ। एनआरएन अमेरिकाले आफ्नो आपत्कालिन कोष, कार्यसमिती, सल्लाहकार, बिभिन्न कमिटीहरु, एनआरएनएका डिआर्सी, आइसिसी सदस्य,नवनिर्बाचित पदाधिकारी र च्याप्टरहरु तथा  ब्यक्ती, संस्था, ब्यापारी, सबैबाट सो रकम जम्मा हुँदै गरेको छ। यसका साथै थुप्रै कर्पोरेटहरुले एनआरएन अमेरिकासँग मिलेर राहत प्रदान गर्ने कुरामा चासो देखाएका छन र जम्मा हुने अनि कुराकानी गर्ने कार्य हुँदै छ ।

राहत प्रतक्ष रुपमा बितरण गरिने

उक्त दुई करोड रकम भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई प्रतक्ष रुपमा फिल्ड्मा नै गएर बितरण गरिने छ। यसबापत एनआरएनले कुनै प्रशासनिक खर्छ जोड्ने छैन । पुरै रकम पीडित सम्म पुग्नेछ । अन्य कोही दाता, संघसंस्थाहरुले पनि आफ्नो जम्मा भएको रकम एनआरएन अमेरिकासँग मिलेर आफ्नो तोकिएको क्षेत्रमा पठाउन चाहनु हुन्छ भने निशुल्क रुपमा एनआरएन अमेरिकाले सो कार्य गर्ने छ यसमा रेड्क्रश लगायतका संस्थाले जस्तो कुनै संस्थागत खर्छ जोडीने छैन ।

राहत टोलीहरु तयार

यसैबिच अमेरिकाबाट आज नै बिभिन्न सामाग्री, औषधी लिएर अन्जन श्रेष्ठको टोली नेपाल प्रस्थान  गरेको छ भने भोली डिआर्सी सोनाम लामा, तथा आइसिसी सल्लाहकार राम खरेलक, बारीष्ठ उपाध्यक्ष लोक तिवारीको अर्को टोली प्रस्थान गर्दैछ । तेश्रो टोली बर्तमान अध्यक्ष खगेन्द्र क्षेत्रीको प्रस्थान गर्ने तयारीमा छ भने चौथो टोली बिभिन्न डा र नर्शसहितको  लिएर नवनिर्बाचित अध्यक्ष डा केशव पौडेलको टोली तयारी गर्दैछ।
संपर्क र दर्ता
तपाईंहरु कोही अमेरिका देखी, आफ्नै खर्चमा राहत दिन-पुराउन नेपाल जान चाहनु हुन्छ भने तुरुन्त नेपालमा संपर्कको लागि बारीष्ठ उपाध्यक्ष लोक तिवारी तथा कृष्ण पोख्रेल (बर्तमान महासचिब तथा नवनिर्बाचित बारीष्ठ उपाध्यक्ष) सँग संपर्क गर्नुहुन अनुरोध गरिएको छ । यसरी जाने ब्यक्तीहरु सबैको रेकर्ड डिपार्ट्मेन्ट अफ स्टेटमा दर्ता दर्ता गर्नु पर्ने छ।

 

डोनर लिस्ट दैनिक रुपमा वेब्साइटमा अप्डेट गरिएको छ। थप जानकारीको लागि हेर्दै गर्नुहोस्:

https://nrnnccusa.org/

धन्यवाद !

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

भूकम्प पिडीत १० हजार परिवारलाई एनआरएनले १० करोड राहत दिने

भूकम्प पिडीत १० हजार परिवारलाई