Message from Verification Committee

Tuesday, May 9th, 2017

गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाको २०१७-२०१९ को लागि सम्पन्न हुन गै रहेको निर्वाचनको लागि सदस्यता छानबीन तथा प्रमाणीकरण प्रकृया सकिएको छ । यस कार्यमा अनवरत रुपमा खट्नु हुने सम्पूर्ण स्टेट च्याप्टर छानबीन तथा प्रमाणीकरण समितिका संयोजक एवम सदस्यज्युहरुमा हार्दिक आभार व्यक्त गर्दछौं साथै केन्द्रीय छानबीन तथा प्रमाणीकरण समितिका साथीहरुको कार्य र योगदान प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । छानबीन तथा प्रमाणीकरण समयावधि भित्र समाचार सम्प्रेशणमा विशेष सहयोग पुर्याउनु हुने संचारकर्मीहरु प्रति आभारी छौं ।
छानबीन तथा प्रमाणीकरण प्रकृया आफैंमा चुनौतीपूर्ण  थियो तथापि यसलाई टुंगोमा पुर्याउन उल्लेख्य सल्लाह र सुझाव प्रदान गर्नु हुने निर्वाचन कमिटी, एनआरएन एनसिसि वोर्ड ,आइसिसिका साथीहरु, एनआरएन अभियन्ता, च्याप्टरका साथीहरु एवम सम्पूर्ण एनआरएन संस्था प्रति चासो राख्ने शुभेक्षुकज्युहरु प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं । असल मानिसहरुको निरन्तर सहयोगले मात्रै यो कार्य सम्पन्न गर्न सकिएको हो । यहाँहरुका सबैखाले सद्भाव र सहयोगका प्रति हामी अनुग्रहीत छौं ।

संस्थाको विधान र छानबीन तथा प्रमाणीकरणको कार्यविधी/निर्देशिकालाई शिरमा राखेर कार्य सम्पादन गरिएको छ।हामी सँग उपलब्ध साधन र श्रोतले भ्याए सम्म हामीले प्रमाणीकरण गर्ने कोशिस गर्यौं।सदस्यता बन्न चाहिने आधारभूत शर्तहरु पुरा भएर पनि गल्तिबस प्रमाणीकरण सूचिमा यहाँहरु मध्य कसैको नाम छुट्न सक्छ । यस्तो अवस्थामा ” आफु यस कारणले सदस्य बन्न मापदण्ड पुगेको सदस्य हुँ ” भन्ने प्रमाण सहित हामीलाई संस्थाको आधिकारीक ईमेलमा तोकिएको समय भित्र यथासिघ्र पठाउनु हुन अनुरोध गर्दछौं।
सदस्य बन्न चाहिने आधारभुत योग्यताहरुमा रहेका केही त्रुटीका कारण र प्रविधिको दुरुपयोग गरी सदस्य बन्न र बनाउन सक्ने संभावनालाई हामीले नजिकबाट देख्यौं।आगामी कार्यसमितिले यी कमीकमजोरीहरुलाई संवोधन गरोस् भन्ने आग्रह पनि गर्दछौं।
सदस्य बन्न र मतदान गर्न पाउनेहरु नछुटुन् र नपाउनेहरु सुचिमा नपरुन्” भनी होसियारी पूर्वक काम गर्ने कोशिश गरिएको छ तथापि काम गर्ने क्रममा मानवीय त्रुटिहरु भएका पनि हुन सक्छन् ।
छानबीन गर्ने क्रममा मानवीय वा प्राविधिक त्रृटीहरु हुन सक्ने भएको हुनाले तपाईंले सदस्यता लिनु भएको छ र तपाईंको नाम एनआरएन एनसिसि,अमेरिकाको वेबसाइटमा देख्नु भएको छैन भने कृपया मिति मे ९,२०१७ (May 09,2017 11:59 PM , PST) पेसिफिक समय अनुसार राति ११:५९ भित्र सम्ममा तपसिलका ईमेलमा आफ्नो सदस्यता वापत बुझाइएको रिसिप्ट ईमेल सहित सदस्यता दर्ता गर्दा उपलब्ध गराउनु पर्ने सम्पूर्ण जानकारी सहितको ईमेल पठाउनु हुन समेत सादर अनुरोध गर्दछौं ।

Email :- verification@nrnnccusa.org
             
Website :- www.nrnnccusa.org

तिलक श्रेष्ठ
महा सचिव
एनआरएन एनसिसि, अमेरिका
संयोजक
तथा सम्पूर्ण सदस्यहरु
राष्ट्रीय सदस्यता छानबीन तथा प्रमाणीकरण समिति, एनआरएन एनसिसि, अमेरिका
www.nrnnccusa.org

+ Releated Topics