Message from Convener
एनआरएन एनसीसी युएसएको वार्षिक कार्यक्रम अनुसार पांचौ वार्षिक साधारण सभा (5th Annual General Meeting ) यही जनवरी १४ तारिख शनिवार २०१७, हुन गइरहेको यहाँ सबैलाई अवगत गराउंछौ । “Enhancing Unity & Integration – Our Action for Vision 2020 & Beyond” भन्ने नाराका साथ Lone Star राज्य टेक्सासको ड्यालस सहरमा हुन लागेको यस साधारण सभामा यहांहरुलाई स्वागत गर्न हामी उत्साहित छौँ।
DFW International Airport नजिक रहेको फोर पोइन्ट होटल सेराटनमा हुनगईरहेको यो पांचौ साधारण सभामा एनआरएनएका सम्पूर्ण सदस्यहरू, एनसीसी अमेरिकाका पूर्व तथा वर्तमान पदाधिकारीहरू, आईसीसी अग्रजहरु लगायत एन आर एन ए शुभचिन्तकहरु सबैलाई कार्यक्रममा सकृय सहभागी भई एनआरएन अभियानलाई सहयोग र उत्साह थप्नु हुने छ भन्ने आशा र विश्वास छ ।
विश्वका ७५ देशमा छरिएर रहेका राष्ट्रिय समनवय परिषदमा सदस्य संख्याका आधारमा एनआरएन अमेरिका सबै भन्दा ठुलो हुनुमा हामीलाई गर्व छ तर, यस सँगै हाम्रा सामु थुप्रै चुनौतीहरू पनि छन् । सहमति, एकता र मजबुत संगठन हाम्रो चाहना हो। अमेरिकामा बस्ने नेपाली समुदायको हितका लागि के कस्ता काम गर्नु पर्छ यो पनि हामी सबैको चासोको विषय हो । नेपाली समुदायका लागि सहयोगी हुने काम गरेर यस एनआरएनए एनसीसी युएसएलाई अमेरिका बासी नेपाली समुदायका बिच एक साझा र विश्वासिलो संस्थाका रूपमा स्थापित गर्नु हाम्रो उद्देश्य हो ।
विश्वका विभिन्न देशमा छरिएर रहेका गैर आवासीय तथा मातृभूमि नेपालमा रहनु हुने आम नेपाली समुदायको एनआरएन अमेरिका प्रति ठुलो विश्वास र भरोसा छ । यो भरोसालाई हामीले पुरा गर्न सक्नु पर्छ । यस अनुसार एनआरएनए एनसीसी अमेरिकालाई त्यस तर्फ उन्मुख गराउनु हामी सबैको जिम्मेवारी हो ।
आउने दिनमा अमेरिकामा बस्ने नेपाली समुदाय बिच सुमधुर एकता, विश्वास तथा संस्थागत विकासमा अझ अग्रसर हुनु पर्ने हामीले महसुस गरेका छौ । अमेरिकामा बस्ने सम्पूर्ण नेपाली समुदायको साझा मुद्दा वकालत गर्न यस संस्थालाई अझ सबल र सक्षम बनाउन पांचौ बार्षिक साधारण सभामा “Enhancing Unity & Integration – Our Action for Vision 2020 & Beyond” नारा राखिएको हो । हामीलाई आशा छ यहाँहरूको सकृय सहभागिताले हामीले यस सस्थाको उद्देश्य पुरा गर्ने छौँ ।
अन्तिममा पांचौ साधारण सभामा उपस्थितिका लागि यहांहरु सबैलाई पुन हर्दिक अनुरोध गर्दछौ ।
जय एन आर एन ए
राम सी. पोख्रेल
संयोजक: पांचौ वार्षिक साधारण सभा तयारी समिति
तथा उपाध्यक्ष एनआरएन एनसीसी अमेरिका