Activity Report

एनआरएन अमेरिकाको महिला कमिटी गठन

११ अगस्ट २०१५
एनआरएन अमेरिकाको महिला कमिटी र एनआरएन अमेरिकाको कार्य समितिका वीच शुभकामना साटासाट र परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।

यसै वीच नेपाली अमेरिकन महिलाहरुलाई संगठित गर्ने र उनीहरुको मुद्धामा केन्द्रित रहँदै प्रभाकारी काम कारबाही संचलान गर्ने उद्देश्यले संघको महिला संयोजक राधा पौडेल संयोजक रहने गरी महिला कमिटी गठन गरिएको छ । कमिटिमा देहायका सदस्यहरु क्रमश: इंदिरा त्रिपाठी, लक्ष्मी रानाभाट, मीरा वस्ती,  अभिमा उप्रेती, गीता पन्त, बिमला गुरुङ, माला महत, मीना शाक्य र हरि प्रीया वस्नेत रहनु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा केशव पौडेलले महिला कमिटीले गरेका हरेक काममा साथ दिने वचन वद्धता व्यक्त गर्नुभयो । त्यस्तै शुभकामना दिनेहरुमा उपाध्यक्षहरु रविना थापा, बन्दना कोइराला, डिल्ली भट्टराई र राम पोख्रेल, महासचिब तिल श्रेष्ठ , कोसाध्यक्ष बेद बस्नेत, सहसचिब संगिता सिवाकोटी, मिडिया कोअर्डिनेटर सर्बग्य वाग्ले, हेल्थ कमिटी संयोजक डा संजीब सापकोटा समेत हुनुहुन्थ्यो ।

सर्बग्य वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

नवनियुक्त राजदुत डा. कार्कीसँग  भेट्घट कार्यक्रम सम्पन्न !

न्युयोर्क । मे १४, २०१५
एनआरएन अमेरिकाले यही मे १४ का दिन न्युयोर्कमा अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा. अर्जुन कार्कीको स्वागत तथा संस्थागत भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नव-नियुक्त राजदूत डा. कार्कीले हालैको महा-भूकम्प पछि नेपाल सरकारले गरिरहेको उद्धार एवं राहत वितरणका कार्यकम, अन्तरास्ट्रिय समुदायबाट प्राप्त सहयोग, नेपाली अमेरिकन समुदायको सहयोगको बारेमा बताउनुभयो । सोही क्रममा एमआरपी पास्पोर्ट र नेपाल तत्काल फर्कन कनुनी अड्चन भएका नेपालीहरुका लागि नेपाल फर्कन अमेरिकी सरकारले उपलब्ध गराउन सक्ने टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(TPS)को बारेमा सेक्रेटरी अफ स्टेट्स जोन केरी सँग कुरा गरेको र आउने सोमबार आफ्नो ओहदाको प्रमाण पत्र बुझाउने दिन राष्ट्रपति ओबामासँग पनि कुरा राख्ने जानकारी दिनु भयो । डा कार्कीले यो अवस्थामा सबैले मिलेर सहयोग गर्न अनुरोध समेत गर्नुभयो।

एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले अध्यक्षको हैसियतले हाल नेपालमा बितरण गरिएको राहतको बिषयमा जानकारी गराउदै सबैलाई यो बिपत्तिमा एनारएन सँग मिलेर जान अनुरोध गर्नुभयो।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा प्र. भट्टराई, सहायक प्रतिनिधि सेवा लम्साल, उप बाणिज्यदुत प्रविन भट्टराई लगायत नेपाली समुदायका विविध व्यक्तित्वहरुको उपस्थिति थियो। कार्यक्रममा एनआरएनका पदाधाकारीहरु, प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापा, जन सम्पर्क समिति न्युयोर्कका अध्यक्ष रोशन ढुंगाना, अधिकारका कार्यकारी लुना रंजित लगायतको उपस्थित थियो।
सोही कार्यक्रममा रिजवुड नेपाली समाजले प्रधानमन्त्री राहतकोषमा $२७,५०१ एनआरएनको रोहबरमा डा अर्जुन कार्कीलाई हस्तान्तरण गर्‍यो।
 
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

USA dr karki

https://nrnnccusa.org/nepal-earthquake-update/

Pictures from Nepal

Earthquake in Nepal

Thank you

Dear all respected NRN Fellows, Valued General Members, Event partners, Event Supporters, Sponsors, Media Representatives, Journalists, Artists, Volunteers, Technicians, Choreographers, event designers , those who were made a long journey to attend the 3rd AGM, those our well-wishers from the United States.

As 3rd Annual General Meeting of NRN NCC of USA just concluded as a grand success and Thank you for your great contribution and valuable time that you had provided to make a historically and remarkable 3rd AGM of NRN NCC of USA at DC Metro Area. We are so grateful and delighted to share you that the 3rd AGM of NRN NCC of USA showed a milestone message about the unity, harmony and progressive to entire Nepalese diaspora in USA and across the world.

As we promised, we passed our bylaws by unanimously, we amended some article as demanded by valued members . we corrected some lines as it is conflicting with the ICC bylaws (a governing bylaws of whole NCC of world), We presented our solidarity through the AGM, we proved our hospitality through the AGM.

Once again, thank you all for your boundless contribution.

Thank You.
Krishna Pokhrel
General Secretary of NRN NCC USA

एमआरपी पास्पोर्ट सम्बन्धी जरुरी सूचना !

२७ जनवरी २०१५

हालै एनआरएन अमेरिका र नेपाली राजदुताबास बिच भएको सेवा सम्झौता अनुसार एमआरपी पास्पोर्ट सम्बन्धी सूचना र फर्म भर्न हेल्प डेस्क बिभिन्न प्रमुख शहरहरुमा राखिनेछ। सो कार्यक्रमको जानकारी छिट्टै ल्याइनेछ। 

जानकारीको लागि यसैसाथ राखिएको सूचाना हेर्नुहुन बिनम्र अनुरोध गरिएको छ।

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

उल्टो साइकल यात्रीको बिदाइ गरिने:

जनवरी २३, २०१५

केहि समय आगाडी बेलायत हुदै अमेरिका आउनु भएका प्रथम विश्व उल्टो साइकल यात्री बिरेश दाहाल,बरुण अधिकारी,बजिन्द्र कुमार महराको टोलिलाइ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिकाका अधक्क्ष खगेन्द्र क्षेत्रीको उपस्थितिमा, यस सस्थाको खेलकुद कमिटीले न्यूयोर्क स्थित चौतारी रेस्टुरेन्टमा स्वागत तथा सम्मान गरिएको थियो l एनआरएनले सबै जसो राष्ट्रहरुमा यस्ता राम्रा गतिबिधी र यो टोलीलाइ पनि सहयोग र सहकार्य गर्दै आएको छl

cycle

बिश्व माझ भाइचारा, र शान्तिको कामना गर्दै ५८ देशको यात्राका क्रममा अमेरिका आइपुग्नु भएका उल्टो साइकल यात्री बिरेश दाहाल,को टोलि लाइ क्यालिफोर्निया को (लस एन्जल्स) मा एनआरएन अमेरिकाका सह-सचिब दिल श्रेष्ठले सस्था को लोगो अंकित टि-शर्ट र ब्याच प्रदान गर्दै सम्मान गर्नु भएको छ l हरेक देशको यात्राका क्रममा गैर आबसिय नेपाली संघले गरेको सहकार्य, सहयोगका निम्ति आभार ब्यक्त गर्दै यस सस्था बिश्वभर ७० रास्ट्रमा रहेको नेपालीको एकमात्र साझा सस्था भएकाले संसारमा छरिएर रहनु हुने नेपाली दाजु-भाई,दिदि-बहिनिलाइ सदस्यता लिन समेत दाहालले अनुरोध गरेका छन् l सानफ्रान्सिस्कोबाट नेपाल फर्कन लागेको यो टोलिलाइ एनआरएन र स्थानीय अरु संघसंस्थाका प्रतिनिधिहरुले बिदाइ गर्ने समेत कार्येक्रम रहेको छ l

—————————————————————————————————

एनआरएन अमेरिका टाउनहल मिटिङ अन्तर्कृया कार्यक्रम

कनेक्टिकट 

जनवरी १८ , २०१५

एनआरएन अमेरिका टाउनहल मिटिङ गरी सदस्यता बढाउने अभियानकै शिलशिलामा कनेक्टिकटको हार्डफोर्डमा एक भब्य कार्यक्रम सम्पन्न भएको छ। एनआरएन अमेरिकाका बोर्ड सदस्य लक्ष्मी प्रशाद बजगाइको पहलमा स्थानिय संस्था कनेक्टिकट नेपाली समाजसङको साझेदारिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा घनश्याम खड्काले समय एनआरएनको सदस्य बन्ने बेला भएको बताउनुभयो। स्थानिय राज श्रेष्ठ, दिपा खाडीवडाले सदस्य बन्नको लाघी सहयोग अगर्नुभयो।

बोस्टन
जनवरी १८
एनआरएन अमेरिकाले स्थानिय पशुपती फाउन्देशान, लाइन्स क्लब, नेवा गुठी सँग मिलेर टाउनहल मिटिङ सम्पन्न गरिएको छ। एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीले सम्योजन गर्नुभएको सो कार्यक्रमा सदस्य सरोज श्रेष्ठ र एनआरएन का गत निर्वाचनका उम्मेद्वार द्वोय मिलन शाही तथा सत्यन्द्र शाह समेत उपस्थित हुनुहुन्थ्यो।

सान फ्रान्सिस्को
जनवरी १७
एनआरएन समेरिका सदस्यता अबिब्रिधी तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। कृष्ण के.सी मिडिया कोअर्डिनेटरद्वारा मोडरेट गरिएको कार्यक्रमका मुख्य अतिथी, एनआरएन अमेरिका सल्लाहकार डा केशब पौडेल हुनुहुनथ्यो। एनाआर्एन अमेरिकाका पब्लिक रिलेशन अफिसर तथा प्रबक्ता नारायण गुरुङ, बोर्ड अफ डाइरेक्टर बैकुण्ठ खनाल तथा सल्लहाकर डिल्ली भट्टराई ले बिभिन्न बिषयमा कुरा राख्नु भयो। स्थानिय माज्यजन संस्था प्रमुख तथा सर्ब साधारण ब्यक्तिहरुको उपस्थिती थियो। बिशेषगरी सदस्यता बढाउनको लागि बनाइएको स्थानिय कमिटीका पियुस दाहाल, अमृता राणा, ज्ञानदिप लामा, नारायण खनाल, उत्तम कार्की, नुरेन बराल लगायत १०० जन भन्दा बडी ब्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो।

लस एन्जलस

जनवरी १८

जनसंपर्क समिती साउदर्न क्यालिफोर्नियाद्वारा आयोजना गरिएको पिक्निक कार्यक्रममा एनआरएनको सदस्यताको बितरण सेवा पनि उपलब्ध गराउदै १०० सदस्य बनाउन सफल भयो। एनआरएन अमेरिकाका सह सचिब दिल श्रेष्ठको संयोजनमा उमा कार्की थापा- महिला कोअर्डिनेटर, बलराम थापा र बैकुण्ठ खनाल – बोर्ड सदस्य तथा आइसिसी सदस्य राजेन्द्र सिवाकोटी, सल्ल्हाकर कृष्ण कोइरालाका साथमा मेडिया कोअर्डिनेटर कृष्ण के.सी समेतले सेवा प्रदान थियो। फर्म भर्न बिश्व साइकलयात्रा द्वोय उल्टो साइकल चलाउने बिरेश दाहाल र सुल्टो साइकल चलाउने बरुण अधिकारीले सहयोग पुर्उनु भएको थियो।

=================================

एनआरएन अमेरिका सदस्यता बितरण कार्यक्रम

———————————————–
एनआरएन अमेरिकाको सदस्यता बितरण तथा कार्यक्रम जानकारी सम्पन्न भएको छ। सान फ्रान्सिस्को, क्यालिफोर्नियामा सम्पन्न भएको उक्त कार्यक्रममा जम्मा ५५ जनाले फर्म भरेर र अन्लाईनबाट ५ गरी ६० जनाले साधारण सदस्यता लिएका छन। फर्म लिएर जानेहरु चाहि ५० भन्दा बढी नै थिए। एनआरएन अमेरिका मिडिया कोअर्डिनेटर म आफू कृष्ण के.सी तथा सल्लाहाकार डिल्ली भट्टराई, सदस्यता बितरण सहयोगी नारायण खनालको सहजता तथा बितरण काउन्टर सहयोगी स्थानीय शंकर खड्का, सन्देश उप्रेती, सन्देश खड्काले सहयोग गर्नुभएको थियो।
 
सो ब्यबस्था मिलाइदिनुहुने सन्नी सगरमाथा समाजको पाँचौ वार्षिक साधारण सभा आयोजक तथा स्थानीय सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद ! 

धन्यवाद

कृष्ण के.सी
एनआरएन अमेरिका मिडिया कोअर्डिनेटर

————————————————-

एनआरएन अमेरिकाको तेश्रो टाउनहल मिटिङ सम्पन्न:

एट्लान्टा/डिसेम्बर २७, २०१४ मा एक टाउनहल मिटिङ सम्पन्न भएको छ। एनआरएन अमेरिकाको सदस्यताको ब्रिद्धी गर्ने अभियान अनुरुप क्यालिफोर्निया-सान फ्रान्सिस्को, न्युयोर्क पछि एट्लान्टामा पनि छलफल, अन्तर्कृया र भेट्घाट कार्यक्रम सम्पन्न भएको छ। एनआरएन आइसिसी सदस्य राजा घले तथा एनआरएन अमेरिकाका उपाध्क्ष्य श्री पराजुलीले छलफलमा उठेका जवाफ दिने तथा कार्यक्रम बारे जानकारी गराउनुभयो। स्थानिय समुदाय नेता, अग्रज तथा न्युयोर्कका पत्रकार किशोर पन्थीको समेत उपस्थिती रहेको कुरा श्री पराजुलीले जनाउनुभएको छ। 

कृष्ण के.सी 
मिडिया कोअर्डिनेटर

एनआरएन अमेरिका

—————————————————–

December 28, 2014 – NRN US Update 

APIL 1

APIL 2 APIL 3

APIL 3

APIL 4

————————–

NRN NCC USA Membership Drive Support Members

MDSC#1 -New York  and San Francisco Bay Area

MDSC#2- Las Angelas, Baltimore and Texas

MDSC#3 – North Carolina, Boston, Connecticut, Chicago, Virginia

MDSC#4 – Pennsylvania, New Jersey, New Hemisphere, Colorado, Oregon, Washington

MDSC#5 – Indiana, Florida, Atlanta, Michigan, Hawai

———————————–

एनआरएन अपडेट- डिसेम्बर २१, २०१४
——————————————-
न्युयोर्कको

एनआरएन अमेरिकाले डिसेम्बेर २०, २०१४ न्युयोर्कको ज्याक्सन हाईटस्स्थित हिमालयन याक रेष्टुरेन्टमा पत्रकार भेटघाट सम्पन्न गरेको छ।

एनआरएनए डिआर्सी सोनाम लामा, आइसीसी सदस्यहरु डा बिनोद शाह, नबिन शेर्चन, एनआरएन अध्यक्ष खगेन्द्र क्षेत्री, बरिस्ठ उपाध्क्ष लोक तिवारी, उपाध्यक्ष श्री पराजुली, उपाध्यक्ष बनिता कतिला, महासचिव कृष्ण पोखरेल, सह कोषाध्यक्ष सञ्जिव श्रेष्ठ , सदस्य बिष्णु मान प्रधान, सरोज श्रेष्ठ तथा एनआरएन अमेरिकाका निर्वाचन आयुक्ता बिनोद रोका, सल्लाहाकार डा तारा निरौला, बिधान संसोधन कमिटिका संयोजक दुर्घा भुर्तेल समेतको उपस्थित थियो। कार्यक्रममा स्थानीय पत्रकारहरुसँग बिभिन्न बिषयमा छलफल र अन्तर्कृया समेत् भएको थियो।

सिकागो
एनआरएन अमेरिकाले सिकागोमा डिसेम्बर २१, २०१४ मा टाउनहल मिटिङ सम्पन्न गरेको छ। एनआरएन अमेरिकाका सल्लाहाकार द्वोय डा यादब पन्डित र डा केशव पौडेलले संस्थाका गतिबिधी र किन सदस्यबन्नु पर्ने भन्ने कुरा जानकारी गराउनुभयो। कार्यक्रममा थुप्रै नेपालीहरुको उपस्थिती रहेको थियो। सामान्य अन्तर्कृया र छलफल समेत् गरिएको कुरा डा पौडेलले बताउनुभयो।

एनआरएन बोर्ड:
डिसेम्बर २१ मै एनआरएन बोर्डको बैठक बसी पारीमार्जित बाइलज, सदस्यता छानबिन कार्य, वार्षिक साधारण सभा लगायताका बिषयमा छलफल गरी निर्णय गरेको छ। सो निर्णयको प्रति छिट्टै वेबसाइटमा पोस्ट गरिनेछ।

हेर्दै गगर्नुहोला एनआरएन अपडेट

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर

————————-

सान फ्रान्सिस्को बे यरिया — डिसेम्बर ११, २०१४ 

एनआरएन अमेरिकाको सान फ्रान्सिस्को बे यरियाको मेम्बरशिप सपोर्ट कमिटिका सदस्य पूर्ण बानियाको संयोजनमा उड्ल्यान्ड, क्यालिफोर्नियामा स्थानिया ब्यक्तिहरुसँग अन्तर्कृया, तथा एनआरएन बारे छलफल र सदयता बन्ने र बनाउन सहयोग गर्ने बारे टाउनहल मिटिङ गरियो।

Skype बाट एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले संस्था र किन एनआरएन सदस्यता बारे बताउनुभयो भने उठेका जिज्ञासा समेत् पुरा गर्नुभयो।

सोही अबसरमा संस्थाका मिडिया कोअर्डिनेटर कृष्ण के.सी ले हाल सम्मका गतिबिधी, एनआरएन बिगत र बर्तमान बारे, एनआरएक सदस्य कसरी बन्ने, लगायत बिषय, उठेका अन्य जिज्ञासहरुको समेत जवाफदिने कार्य गरिएको थियो।

यस्ता मिटिङ अब अरु शहरमा पनि गर्ने योजन गरिएको छ सो को जानकारी गराइदै गरिने छ।

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर