नेपालका बाढी पिडितलाई सहयोगको लागि अपिल:

Saturday, August 12th, 2017



DONOR LIST – Updated 08/17 9 AM EST


 

File1
आदरणीय अमेरिकाबासी नेपाली बुवाआमा,
दाजुभाई तथा दिदीबहिनीहरु,
सादर नमस्कार!

नेपालका विभिन्न स्थान, विशेष गरेर पूर्वी क्षेत्रमा आएको भारी वर्षाको कारण बाढी र पहिरोले धेरै धनजनको नोक्सानी भएको छ। तीन दर्जन भन्दा बढी हाम्रा आफन्तहरूले ज्यान गुमाउनु भएको छ र कयौं हाम्रा आफन्तहरू बेपत्ता भएका छन्। कति घाईते भएका छन्। करोडौंको सार्वजनिक सम्पति र व्यक्तिगत सम्पति क्षति भएका छन्। हजारौं हाम्रा आफन्तहरू प्रभावित भएका छन्। हवाई मार्ग, स्थल मार्ग र सरकारी कार्यालयहरू बन्द भएका छन्। मातृभूमिको यो आपतमा हामी प्रवासमा बसेका सबै प्रवासीहरू हाम्रा आफन्तहरूको साथमा रहेको विश्वास दिलाउन चाहन्छु। जन्मभूमिको यो असैह्य वेदना र पीडामा हामी पनि हरतरहको सहयोग गर्न तयार रहेका छौं। यसका लागि एन आर एन अमेरिकाले आबश्यक आर्थिक र भौतिक सहयोग गर्न आबश्यक कदम चालिसकेको र यो विपतमा तत्काल सहयोगको लागि आर्थिक श्रोत जुटाउन आबश्यक प्रकृया चालिसकेको छ। हिमाल, पहाड र तराईमा आएको यो आपतमा तत्काल राहत उपलब्ध गराउन सबै प्रवासी आमाबुवा दिदीबहिनी तथा दाजुभाईहरूलाई एन आर एन अमेरिकाले आर्थिक श्रोत जुटाउने प्रकृयामा सहयोग र सकृय सहभागिता जनाई दिन हुन सबैलाई सविनय अनुरोध गर्दछु। रकम जुटाउने विधि तयार भएपछि यहाँहरूलाई आर्थिक सहयोगको लागि छुट्टै सूचना गराईनेछ।
unnamedबाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा, घाईतेहरूको उपचार, बेपत्ता भएका आफन्तहरूको खोजवीन र आपतमा परेकाहरूलाई उद्धार सामग्री र खाद्यान्न सहयोगमा नेपाल सरकार, सेना, प्रहरी, संघ, सँस्थाहरूको अहोरात्र प्रयासलाई हार्दिक आभार प्रकट गर्दछु र उहाँहरूको सतत प्रयासलाई साथ दिन र अबरोध नगरिदिन हुन विनम्र अनुरोध गर्दछु।
अन्त्यमा जन्मभूमिमा परेको आपतमा हामी प्रवासीहरू काँध, हात, साथ र सहयोग गर्न बिश्वास दिलाउँदै, यो आपतमा परी स्वर्गबास हुनु हुने हाम्रा आफन्तहरूको चीर आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछु र घाईतेहरूको शीघ्र स्वास्थलाभको कामना समेत गर्दछु।
धन्यबाद

भवदिय,
डा केशव पौडेल
अध्यक्ष
एनआरएनए अमेरिका

+ Releated Topics