9th NRNA Regional Conference USA Massages

Saturday, July 23rd, 2016

९ औं एनआरएनए क्षेत्रीय सम्मेलनबारे

गैर आवासीय नेपाली संघले हरेक दुइ-दुइ बर्षमा आयोजना गर्ने क्षेत्रीय सम्मेलन आगमी अगष्ट महिनाको २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने भएको छ । “NRNA VISION 2020 & BEYOND” नाराका साथ आयोजना गरिएको सो सम्मेलनको तयारीमा त्रिब्रता आयएको छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि १४ सदस्य आयोजक कमिटी र २२ वटा विभिन्न अन्य कमिटीहरुको गठन गरिएको छ।

गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले धेरै पटक आफ्ना भनाइहरुमा अबको एनआरएन संस्था भनेको अलिक फरक रुपले जानु पर्दछ र आउने पुस्तालाई स्वीकार्य र उनीहरुको भलाइ अनि सकृय सहभागीता रहनु पर्ने कुरा एकातिर छ भने अर्को तिर हाम्रो नेपाली जनसंख्या पनि हरेक देशमा बढेर गएको, गर्नु पर्ने धेरै कुरा छन् भन्ने कुरा बताउनु हुन्थ्यो । समय र जिम्मेवारी फेरिएको छ। ति सबै अबस्थामा दशक अगाडीको संरचना र स्वरुपले अगाडि जान कठिन हुन्छ तेसैले ति सबै कुराहरुको चनौती पुरा गर्नको लागि हाम्रो संस्थाको स्वरप समेत पुनर-बिचार र व्याख्या गर्नु जरुरी हुने कुरा बताउनु हुन्थ्यो । तिनै बिचार र तत्कालिन आबश्यकता बिषयगत कुराहरुलाई समेत यो सम्मेलनले एउटा मूर्तरुप दिने छ।

गैर आवासीय नेपाली संघका विभिन्न ७३ देशका एनआरएनहरुले भाग लिने उक्त सम्मेलन बिगतको एक दशक पूर्व स्थापना गर्दाको संस्थाको भिजन, मिशन, गोल र संस्थाको संरचना अनि आगामी कार्यक्रमका स्वरुप समेतको छलफल गरि संस्थागत बिकासमा समयानुकुल परिमार्जन आवश्यक भएकोले यो सम्मेलनमा यस्ता गहन बिषयहरु छलफल गरिने कुरा सम्मेलन आयोजक कमिटीका संयोजक तथा एनआरएनए अमेरिकाजका (Americas-The Americas, or Americas, also known as the Western Hemisphere and the New World, comprise the totality of territories in North America and South America.) क्षेत्रीय संयोजक सोनाम लामाले जानकारी दिनुभएको छ। उहाँले तयारीको प्रारम्भिक चरण लगभग पूरा भएको र दोश्रो चरणमा हामी कार्यक्रम, वेबसाइट र थप कुराहरु गर्ने छौ भन्नुभयो।

“NRNA VISION 2020 & BEYOND” बारे सम्मेलनका आयोजक संयोजक तथा गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाजका क्षेत्रीय उपसंयोजक तथा सम्मेलनका समेत उपसंयोजक एसी शेर्पाले भन्नु भयो – संस्था स्थापना गरेको नै १०/१२ वर्ष भैसक्यो। स्थापना गर्दाको बेला जुन अबस्था नेपालको थियो अब त्यो अस्बस्था छैन। नेपाल, नेपाली र बिश्व सबैमा परिवर्तन आइसकेको छ। हो तेही परिवर्तन र अरु धेरै कुराहरुलाइ समयानुकुल रुपले संस्थालाई अगाडि लैजानको लागि यो सम्मेलनले एउटा स्वरुप दिने छ ।

तेसैगरी “NRNA VISION 2020 & BEYOND” नारालाई नै छान्नु पर्नाको कारणबारे एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले भन्नु भयो- नेपालको एक तिहाइ जनसक्ख्या बाहिर भैसकेको अबस्था छ । यो अबस्थामा एनआरएनए संथाको जिम्मेवारी धेरै बढेर गएको छ । हरेको देशमा नेपाली समुदायको उपस्थिति बढ्दो अवस्था छ । नेपालीको उपस्थिति संगै अस्थित्व र समस्याहरुको हेर चाह गर्नु पनि अर्को जिम्मेवारी हो भने नेपालमा लगानी बढाउने, पून-निर्माण, एनआरएनए मूख्यालय निर्माण, शिक्षा-स्वास्थ्य लगायत यावत बिषयहरु र अरु धेरै कुरा गर्न यो सम्मेलनमा यस्ता बिषयहरुको र संस्थागत परिवर्तनहारे छलफलको आबश्यकतालाई नै महसुस एउटा धारणा बनाउनु यो सम्मेलन उपयुक्त ठाउँ हो ।

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैर आवासीय नेपाली संघ

+ Releated Topics