प्रेश- विज्ञप्ति

Thursday, March 10th, 2016

न्युयोर्क/ मार्च,०५,२०१६
१०६ औं अन्तराष्ट्रिय महिला दिवस २०१६ गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका महिला समन्वय समितिको आयोजनामा ” लैगिंक समानताको लागि संकल्पका साथ महिलाको लागि महिला अभियान”विभिन्न कार्यक्रम सहित भव्यताकासाथ सम्पन्न भयो ।

गुल्सन टेरेस (पुरानो ढाका क्लब) क्वीन्स न्युयोर्कमा मार्च ०५,२०१६ मा आयोजित कार्यक्रमको अध्यक्षता एन आर एन,अमेरिकाकी महिला संयोजक राधा पौडेलले गर्नु भएको थियो भन्ने प्रमुख आतिथ्यता अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. अर्जुन कुमार कार्की ज्युले गर्नु भएको थियो । विशिष्ट अतिथिहरूमा एन आर एन,अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एन आर एन,अमेरिकाका निवर्तमान अध्यक्ष एवं एन आर एन आइ सी सी सदस्य खगेन्द्र जीसी, संयुक्त राष्ट्र संघका लागि नेपाली नायव स्थायी प्रतिनिधि श्रीमती सेवा लम्साल अधिकारी,अमेरिकाका लागि नेपाली महावाणिज्यदुतावास न्युयोर्कका वाणिज्यदूत क्रिशु क्षेत्री एवं उप वाणिज्यदूत प्रवीण भट्टराई, पूर्व डी आइ जी पार्वती थापा,समाजसेवी नताशा वजनियाक, एनआरएन आइ सी सी सदस्य सुनिता शर्मा रहनु भएको थियो।

कार्यक्रम तीन चरणमा गरिएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रममा समाजका लागि विशेष योगदान पुर्याउनु हुने विशिष्ट महिला व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुने महिलाहरुमा संयुक्त राष्ट्र संघका लागि नेपाली प्रथम महिला नायव स्थायी प्रतिनिधि सेवा लम्साल,प्रथम महिला डि आई जी पार्वती थापा, समाजसेवी नताशा वजनियाक, समाजसेवी ( CNN Hero 2015) म्याग्गी डोएन,पत्रकारिता क्षेत्रमा विशिष्टता हासिल गर्नु हुने किरण क्षेत्री, अमेरिकी राजनीति प्रवाहमा समाहित अमृता रेग्मी,साहित्यकार झमक घिमिरे हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि डा. कार्कीले सक्षम र शिक्षित महिलाले आफ्नो श्रीमान्,छोरा-छोरी, आमा-बुवा,दिदी-बहिनी, दाजु-भाइ एवं समाजलाई नै उठाउन सक्छ भन्ने अभिव्यक्ति प्रकट गर्नु भयो भने एन आर एन, अमेरिकाका अध्यक्ष एवम् कार्यक्रमका विशेष अतिथि डा. केशव पौडेलले एन आर एन,अमेरिका महिला समन्वय समितिलाई कार्यक्रम सफलताको शुभकामना सहित ” महिलाका लागि महिला ” अभियानलाई विशेष अभियानका रुपमा लानु पर्ने कुरामा जोड दिनु भयो त्यस्तै गरेर कार्यक्रमकी अध्यक्ष राधा पौडेलले एक महिलाले अर्को महिला सँग हातेमालो गर्दै महिला उत्थानका लागि नै एन आर एन,अमेरिका महिला संयोजन समितिको “महिलाका लागि महिला” अभियान राष्ट्रव्यापी रूपमा शुरू गरेको बताउनु भयो ।

सो औपचारिक कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमकी संयोजक एवं एन आर एन,अमेरिकाकी वोर्ड अफ डायरेक्टर गोमा सेनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन एन आर एन,अमेरिका,न्यूयोर्क च्याप्टरकी महिला संयोजक पूनम मल्लले गर्नु भएको थियो।

दोश्रो चरणको कार्यक्रममा कार्यपत्र प्रस्तुतिका साथै अन्तरकृयात्मक कार्यशाला गोष्ठी राखिएको थियो । उक्त अन्तरकृयात्मक कार्यशाला गोष्ठीका कार्यपत्र प्रस्तुतकर्ताहरुमा क्रमश: “लैगिंक समानताका लागि संकल्प – अन्तराष्ट्रिय नारी वर्ष २०१६” – वन्दना कोइराला( क्षेत्रीय उपाध्यक्ष-एन आर एन,अमेरिका ), “महिलाका लागि महिला” – राधा पौडेल( महिला संयोजक-एन आर एन,अमेरिका ),चाइल्ड केयर (Child Care)- प्रभा अधिकारी,सौन्दर्य सीप विकास ( Beautician Training ) गोमा सेन(वोर्ड अफ डायरेक्टर-एन आर एन,अमेरिका ) ,स्वास्थ्य वीमा मेडिक्यर ( Medicare) – शान्ता खड्का, Preventive Woman’s Health- डा.रेखा हमाल हुनु हुन्थ्यो । उक्त अन्तरकृयात्मक कार्यशाला गोष्ठीका मध्यस्थता कर्ता समाजसेवी इन्दु लामिछानेले गर्नु भएको थियो ।
तेश्रो तथा अन्तिम चरणको कार्यक्रम महिला सांस्कृतिक साँझ भव्य रुपमा सम्पन्न भएको थियो । सो महिला सांस्कृतिक साँझको संयोजन गायिका संगीता मुखिया छोच्चुनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन वरिष्ठ हाँस्य कलाकार स्वर्गीय गोपाल राज मैनालीकी सुपुत्री सच्ची मैनालीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न गीत संगीत सँगै आकर्षक नृत्यहरु पस्किएको हुँदा कार्यक्रम निक्कै रोचक एवम् मनोरंजनपूर्ण बनेको थियो । कलाकारहरू न्हुच्छे नारायण डंगोल, विमल वुढाथोकी,नृत्य निर्देशक विजय नकर्मी, गीता विर्लाकोटी,मिली श्रेष्ठ, रानी श्रेष्ठ, प्राप्ति श्रेष्ठ,पूजा न्यौपाने, मन्जु थापा, विजया सिंखडा,शकुन्तला ज्ञवाली, संजिता कोइराला (आचार्य), रिया मैनाली, जैना मैनाली, डैजी शेर्पा, निरू शिवाकोटी, एन्जेलिना राई, रस्सी खरेल, मेघा शर्मा हुनुहुन्थ्यो । त्यस्तै गरेर जनजाति महासंघका महिला दिदीवहिनीहरू – इन्दु लामिछाने, वन्दना राई, संगिनी राना मगर, धन थापा, वृन्दावन राई, उर्मिला लामा, आभा श्रेष्ठ, नीमा शेर्पाले आकर्षक सामूहिक नृत्यले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो।

कार्यक्रमको बीच बीचमा महिला सँग सम्बन्धित कविताहरुले एउटा छुट्टै छाप छोड्न सफल भएको थियो । कविता वाचन गर्नेहरुमा वन्दना राई,शकुन्तला शर्मा, कमला प्रसाईं र सुनिता शर्मा थिए । तेश्रो शत्रमा पहिलो शत्रमा सम्मान गर्न वाकी रहेका साहित्यकार आईएलएनएस वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष एवं आईएलएनएसका निवर्तमान अध्यक्ष गीता खत्री, साहित्यकार कमला प्रसाईं, समाजसेवी सीता खरेल, समाजसेवी नेदेन डोगंला एवं आठ वर्षीय समाजसेवी वालिका अर्मानी महर्जन लाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल तुल्याउन एन आर एन,आईसिसिका पदाधिकारीहरु,एन आर एन,एन सिसिका पदाधिकारीहरु,सल्लाहकारहरु, एन आर एन,न्युयोर्क च्याप्टरका पदाधिकारीहरु लगायत अन्य समाजका स्वयम् सेवक दाजु-भाइ,दिदी-बहिनीहरुले विशेष भूमिका खेलेका थिए ।

महिला समन्वय समिति
गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका

+ Releated Topics