एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन- स्मारिका तथा प्रकाशन कमिटी बैठक सम्पन्न

Thursday, July 7th, 2016

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन- स्मारिका तथा प्रकाशन कमिटीको बैठक कमिटीका संयोजक एसी शेर्पाको अध्यक्षतामा  सम्पन्न भएको छ। जुलाई ५, २०१६ मा सम्पन्न सो बैठकले स्मारिका तथा प्रकाशन सम्बन्धि छलफल गरि विभिन्न जिम्मेवारी तथा प्रकाशन सम्बन्धि प्रारम्भिक स्वरुप तयार गरेको छ। प्रकाशन सामाग्रीहरु, स्मारिकाका बिषयमा छलफल गरियो।

यो पटकको स्मारिकामा कथा-कबिता र व्यक्तिगत विचारधाराका लेखहरु हुने छैनन। सम्पुर्ण बिषयहरु गैर आवासीय नेपाली संघका क्षेत्रीय रुपमा भएका गितिबिधिहरु, निति-नियम र आगामी दिनमा गरिने साना/ठुला योजनाहरुको बारे मात्र जनकारी हुने छन्।

यसका लागि सम्पुर्ण बिज्ञापन दाता/प्रायोजकहरुको जानकारी जस्ता कुराहरु भने रकम भुक्तानी पश्चात मात्र प्रकाशनको लागि कार्य अगाडी बढाइने छ। प्रकाशनको लागि काठमान्डू र अमेरिका दुवै ठाऊँमा कार्य गरिने छ भने स्मारिकाको प्रधान सम्पादकको कार्य कृष्ण के सी ले गर्ने र अतिथि सम्पादक र सहायक सम्पादकहरु भने नेपाल र अन्य देशबाट गरिने छ। नेपालबाट हुने सम्पूर्ण कार्यहरु सचिवालय मार्फत अनुरोध गरिनेछ।

इभेन्ट पार्टनर र अन्य पार्टनरहरुको सुभिधाको लागि विभिन्न साइजमा प्रायोजक पेजको ब्यबस्था गरिएको छ। सो बिषयको सम्पुर्ण अन्तिम निर्णय भने आगामी जुलाई १५, २०१६ मा हुने अर्को बैठकले गर्ने छ।

धन्यबाद

कृष्ण के सी

रिजनल मिडिया कोअर्डिनेटर,

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका,  द अमेरिकाज

+ Releated Topics