अन्तराष्ट्रीय नारी दिवस

Monday, February 29th, 2016

FullSizeRender       गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका,महिला संयोजन समितिले १०६ औंअन्तराष्ट्रीय नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै गरेको कुरा जानकारी गराउन पाउँदा हामी उत्साहित छौं। ” लैंगिक समानताका लागि संकल्प ” भन्ने मूल नाराका साथ संसारभर मनाउँदै गरेको अन्तराष्ट्रीय नारी दिवसलाई  “महिलाका लागि महिला” भन्ने अभियानको रुपमा हामीले मनाउने निर्णय गरेको कुरा पनि सहर्ष राख्न चाहन्छौं ।

पहिलो चरणमा महिला कार्यशाला गोष्ठी एवम् दोस्रो चरणमा महिला सांस्कृतिक कार्यक्रम गरी दुई चरणको कार्यक्रमले अन्तराष्ट्रीय महिला दिवसको औचित्यलाई सार्थक तुल्याउने हाम्रो प्रयास रहनेछ तसर्थ सम्पूर्ण आमा दिदी-बहिनी हरुमा उपस्थित भई कार्यक्रमलाई सफल तुल्याई दिनु हुन हामी हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम हुने समय र स्थान :-
समय :- दिउँसो १:०० बजे
स्थान :- Gulshan Terrace ( Old Dhaka Club )
59-15 37th Ave, Woodside, NY 11377
मिति :- मार्च ०५,२०१६

राधा पौडेल
महिला संयोजक
गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका तथा संयोजक, महिला संयोजन समिति, एन आर एन , अमेरिका

गोमा सेन
बोर्ड अफ डायरेक्टर
गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका
तथा कार्यक्रम संयोजक १६ औं नारी दिवस आयोजक समिति,न्युयोर्क

FullSizeRender (1)

+ Releated Topics